स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रत्यारोपण केन्द्रको अनुगमन



काठमाडौं  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले अस्पतालको निरिक्षण गर्नुका साथै उपचाररत विरामीहरुसँग उपचारका क्रममा भएको समस्याहरुको वारेमा जानकारी लिनुभएको थियो ।

अनुगमनका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले स्थान अभावको कारण विरामीहरुलाई सेवा दिन असुविधा भएकोले उपयुक्त स्थानमा केन्द्रको लागि आवयश्क जग्गा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

अस्पताल निरिक्षणका कम्रमा स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रले राम्रो काम गरिरहेकोमा केन्द्रको कामको साराहान गर्दै केन्द्रका लागि आवश्यक पूर्वाधार विकास तथा गुणस्तरीय सेवाको सुधारमा सहयोग गर्न आफू सधैं तत्पर रहेको बताउनुभयो । स्थापनाको ११ वर्ष अवधिमा केन्द्रले १ हजार १ सय ८ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण गरी सकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्