यती, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई ओलीको चुनौती 


काठमाडौँ। 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती  दिएका छन् । उनले  सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफैँ जेल जाने जिकिर समेत गरे ।

सोमबार  काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्री गरी कमिसन खानेहरुले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिए ।

ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको पटकपटक दोहोर्याया  । एमालेले कुनै पनि प्रकारको गलत काम नगरे पनि विरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको उनले  गुनासो समेत गरे  ।

ओलीले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरु अहिले आफैँ भागाभागमा परेको जिकिर समेत गरे  ।

बाइडबडीबारे छानबिन गरे पनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाई थियो । उनले एमालेले देश बनाउने भिजन लिएकोभन्दै सोही उद्देश्य पूरा हुने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।