‘गौशाला-२६’ अस्पताल भर्ना



काठमाडौँ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला–२६ अस्पताल भर्ना भएकी छिन्।

तोकिएको मात्रभन्दा धेरै औषधी सेवन गरेपछि आज उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ ।

पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । उनले चिकित्सकको परामर्शमा मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधी सेवन गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्