डेंगु संक्रमित मन्त्री लिम्बूलाई भेट्न स्वास्थ्यमन्त्री अस्पतालमा



काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डेंगु संक्रमित युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई भेट्न अस्पताल पुगेका छन् । डेंगुको संक्रमणका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई भेट्न मन्त्री बस्नेत त्यहाँ पुगेका हुन् ।

मन्त्री लिम्बू शनिबार वीर अस्पतालमा भर्ना भएका थिए । मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किएका उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन्।

अस्पतालको भीआइपी कक्षमा डा. ध्रुव गैरेको टिमले उनको उपचार गरिरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार मन्त्री लिम्बूलाई डेंगु संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्