सत्ता गठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल



काठमाडौँ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरेहको बताए । उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान बिरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरे । उनले गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लियर हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्नसक्ने सम्भवाना भएको पार्टी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्