इटहरीमा हिन्दुवादीद्वारा प्रदर्शन, धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा



सुनसरी ।

सम्भावित दुर्घटनालाई लिएर स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएकोले धरान शान्त छ भने, धरान प्रवेश गर्ने नाका तरहरामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

इटहरीमा भने हिन्दुवादीहरूले प्रदर्शन गरिरहेका छन् । धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट तरहरातर्फ र्‍याली निकालेका हुन् ।

हिन्दुवादीहरूले गाई हाम्री आमा हुन्, आमा काट्न पाइँदैन, हिन्दु राष्ट्र कायम गर, गोवध हत्यारालाई कारबाही गर, नेपाल सरकार मुर्दावादजस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्