मेलम्चीको बाढीले बगायो ग्याल्थुमस्थित सरस्वती माविको भवन



काठमाडौँ।

अविरल वर्षाका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ।

अविरल वर्षापछि शुक्रबार आएको बाढीले विद्यालयको भवन बगाएको हो।

शुक्रबार बिहानदेखि नै बाढीको उच्च जोखिममा थियो। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो।

जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइएको थियो।

दिनभरिको कटानपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो।

यो स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित मानिन्छ।

बाढीका कारण मेलम्ची-हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्