अध्यक्ष तिमिल्सिना दुर्घटनाका घाइतेको अवस्था जानकारी लिन अस्पतालमा 



 काठमाडौँ। 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधवार भएको बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्  ।
अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाडौँका  विभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहेका  घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्   ।

अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज,काठमाडौँमा रहेको बयोधा लगायतका अस्पतालमा पुगेर उपचार गराई रहेका घाइतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे । उनले घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह पनि गरे ।

बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाडौँको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १/१ जनाको उपचार भइरहेको छ ।

  काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको  म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो भने १७ जना यात्रु घाइते भएका थिए । गजुरी गाउँपालिका वडा नं २ चालिसे भन्ने ठाउँमा बस अनियन्त्रित भई  त्रिशुली नदी खसेर  दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्