कोशी प्रदेशमा एमालेको सरकार बन्छ : केपी ओली


विराटनगर ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

 ५० जना सांसदको समर्थनमा एमालेले कोशी प्रदेशमा सरकार बनाउने उनको दाबी छ । कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको उनको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।