ग्रीसमा नेपालीलाई अपहरण गरेर २१ लाख फिरौती लिने चारजना पक्राउ



काठमाडौं ।

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई काठमाडौंको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

उनीहरुबाट फिरौती रकमसमेत बरामद तथा पक्राउ गरी ग्रीसमा बन्धक बनाई राखेका पिडितसमेतलाई सकुशल उद्दार गर्न सफल भएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी)नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद गरेर अनुसन्धान भइरहेको छ ।

गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका दुईका २५ वर्षीय सावित्रा थापा, उदयुपरको त्रियुगा नगरपालिका तीनका कृष्ण कार्की र काभ्रेपलोञ्चोकको नमोबुद्ध नगरपालिका एकका ३० वर्षका राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारीको सिलसिलामा सर्विया पुगेका थिए ।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुन लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगीसमेतले अपहरण गरी उनीहरुलाई डोरीले बाधेर शारिरीक तथा मानसिक यातना र डर त्रास देखाउँदै ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारसँग १० हजार युरो फिरौती माग गरेका थिए । नेपाल

प्रतिक्रिया दिनुहोस्