महिला टी-२० सिरिज : मलेसियासँग नेपाल ६ विकेटले पराजित



काठमाडौं ।

। चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।

नेपालले पहिले ब्याटिङ गर्दै मलेसियालाई ८५ रनको सामान्य लक्ष्य दिएको थियो । मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मलेसियाकी ओपनर अइन्ना हमिजा हासिमले नटआउट रहँदै ३७ रन बनाएर टिमलाई जितसम्म डोहोर्याइन् । नेपालका पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा घटाइएको खेलमा ८३ रन जोडेको थियो । नेपालका लागि नेपालकी रुबिना क्षेत्रीले २६ बलमा सर्वाधिक २३ रन, इन्दु बर्माले ३३ बलमा २० रन र काजल श्रेष्ठले २१ बलमा १८ रन बनाएका थिए । आज नेपाल मलेसियासँग पराजित भएपनि नेपाल रनरेटका आधारमा फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भोलि हङकङ्गसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्