अबको एजेण्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र : कमल थापा



काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आगामी एजेण्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र रहेका बताएका छन् ।

बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए । राजसंस्था पुनर्स्थापना गर्न आफूहरु सफल हुने र पार्टीको मुल एजेण्डा रहने भन्दै उनले यसका लागि आन्दोलन घोषणा गरिएको बताए ।

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिक पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्