महिला टी-२० सिरिज : नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य



काठमाडौं ।

मलेसियामा जारी चार देश सहभागी महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत नेपालले घरेलु टोलीलाई ८४ रनको लक्ष्य दिएको छ ।

नेपालले १८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर ८३ रन जोड्यो । नेपालका कप्तान रुबिना क्षेत्रीले २३ र ईन्दु वर्माले २० रन बनाए ।

त्यस्तै काजल श्रेष्ठले १८ रन जोडिन् । नेपालले अघिल्ला दुवै खेल जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्