खोलाले बगाउँदा एक जना बेपत्ता



हुम्ला ।

हुम्लामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका २ स्थित रिपगाड खोलामा आएको बाढीले सिमकोटबाट घर फर्किदै गरेका ताँजकोट गाउँपालिकाका मनऋीषी जैशी बेपत्ता भएको जिल्ला प्रहरी कार्याले हुम्लाले जनाएको छ ।

लगातार वर्षासँगै रिपगाड खोलामा आएको बाढीले खोला तर्दै गरेका ताँजकोटका ५० वर्षीय मनऋषी जैशी र उनका ४० वर्षीय भाई धर्मदत्त जैशी खोला तर्दै गर्दा दाईलाई बाढीले बगाएर बेपत्ता भएका छन् ।

उनीहरु हुम्ला सदरमुकाम सिमकोटबाट आफनो घरमा घर फक्रिने क्रममा खोलले बगाएको बेपताका भाईले बताए । आज बिहान गएको बाढीले बेपत्ता भएका जैशीको खोजि कार्यका लागि सुरक्षाकर्मी र स्थानीय त्यसतर्फ गएको हुम्ला प्रहरीले जनाएको छ ।

वर्षा र खोलामा पानीको बहाब नघटेका कारण उद्धारमा समस्या देखियोको सर्केगाड प्रहरी चौकीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्