उपत्यकासहित बागमती प्रदेशभित्र गाडी भाडा बढ्यो, काहाँको कति ? (सूचीसहित )



काठमाडौँ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै काठमाडौँ उपत्यकासहित बागमती प्रदेशले गाडी भाडा समायोजन गरेको छ। यही भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो।

काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १९ रुपैयाँ भाडा पुर्‍याइएको छ। यसअघि १८ रुपैयाँ भाडा कायम थियो। उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

यस्तै ट्याक्सी भाडा पनि बढेको छ। सुरु फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ।

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं–नारायणगढको भाडा ४३३ रुपैयाँ पुर्याइएको छ। यसअघि ४२१ रुपैयाँ थियो।

काठमाडौं हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ पुर्याइएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ।

काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्