इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एक जना पक्राउ


काठमाडौं ।
इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौको कीर्तिपुर-५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

उनले पीडितलाई वैदेशिक रोजगाका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।