राजश्व संकलनको नाममा ट्राफिक प्रहरीको ज्यादती



काठमाडौं ।

काठमाडौंमा ट्राफिक प्रहरीको काम सवारी आवतजावतलाई सहजीकरण गर्नु भन्दा पनि चेकिंङ र दण्ड दिने काम बढी भएको छ । जस्ले गर्दा सहज ट्राफिक आगमनमा ट्राफिक प्रहरीको भुमिका कमजोड र राजश्व वृद्धिमा बलियो देखिएको छ । ट्राफिक प्रहरीको मुल काम के हो ? सबारीको सहज आगमन गराउनु की वा राजश्व बडाउनु भन्दै प्रश्न गरेका छन् ।

बसन्त कुवर भन्छन् म देख्छु बिहान बेलुका दिउँसो ट्राफिक प्रहरीहरुको ध्यान खाली भाडाका गाडी र काम गरेर खाने गरीबहरुको गाडी चेकिडंमै बडी छ । ती बैंकका ब्याज लिएर महिना भरी काम गर्दा पनी ब्याज तिर्न नसक्ने समुह र मोटर साइकल वाला हैरान पारिएको छ तर मुल चोकहरु बाहेक अन्य स्थानमा ट्राफिकको ध्यान छैन।

कुवर भन्छन् -‘विचारमा संसारमै यती चेकिंङ कुनै देशमा छैन’। यस्तो लाग्छ यो मुलुकमा इमर्जेन्सी लागेको छ वा राष्ट्रिय स्तरको बिद्रोह सुरु भएको छ । ट्राफिकको फाइन ट्राफिक आबागमनलाई अपठेरो पार्नेलाई हुनु पर्यो। बॉयाबाट ओभरटेक गर्ने, लेन अनुसासन पालना नगर्ने , साना बाटोबाट ठुलो बाटोमा उल्टो प्रवेश गरी अरुलाई बाधा गर्नेमाथि हुनु पर्यो तर त्यस्ता व्यक्तिमाथि कारवाही नभइ सुचारु रुपले गुडी रहेका गरीबहरुका सबारी साधनहरुलाई कडा चेकिंङ भइरहेको छ । ।

कुवर भन्छन् -‘म देख्छु भाडाको गाडी देख्नै हुँदैन ठाउँ-ठाउँमा रोकिएको छ , ती रुटमा महिनामा दर्जनौ पटक उही मोटर साइकलको कागज जाचिएको छ । ‘मेरो बिचारमा जरिवानाको चीट काट्ने काम ट्राफिक प्रहरीबाट नभई अर्को निकाए बाट हुन जरुरी छ’ र ट्राफिकहरुलाई खाली रेगुलेसनमा मात्र बढी ध्यान दिन जरुरी रहको बताएका छन् । यो राजश्वबाट कमिसन दिने व्यवस्था पनि उचित नभएको बताएको छन् । किनभने यसबाट रेगुलेसनमा भन्दा पनी राजश्व संकलनमा ट्राफिकको चाख बढी देखिएको बताएका छन् ।

ट्राफिक प्रहरीहरुले नयाँ-नयाँ अध्यन अनुसन्धान र तरिका अपनाइ सबारी आबागमन सहजीकरण गराउँन पर्ने त्यसो नदेखिएको बताए ।ट्राफिक प्रहरीको चेकिंङ चाही अली बढी नै मात्र होइन अतीनै भएको र चेकिंङ आतकनै देखियो छ । जुन असभ्य देशको परिचय पनी हो ।

प्रहरी महानिरीक्षक स्वएमले र मेट्रो प्रमुख तथा ट्राफिक प्रमुखहरुले पनि यसबारे गम्भीरता पुर्वक सोच्न र कार्य प्रणाली बदल्न जरुरी रहेको बताएका छन् । उनले भने हामी प्रहरी भएकालाई त यो चेकिंङ पचाउन गाह्रो भैरहेको छ भने अरुलाई कस्तो होला ?

ट्रफिक प्रहरीको ज्यादतीलाई छिट्टै सुधार नगरेमा फ्रान्समा ट्राफिक प्रहरी बिरुद्धमा भएको भयानक जन आक्रोस झै नेपालमा पनि केही घटना घट्न सक्ने  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्