स्कुटरको ठक्करबाट दुई जना घाइते



धनगढी । कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरले सोहि स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउदलाई ठक्कर दिएको हो ।

स्कुटर चालक लम्कीचुहा ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

टाउकोमा चोट लागेर घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटर इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्