प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ



काठमाडौं ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए।  संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्