कांग्रेस केन्द्रीय अनुशासन आयोगमा ४ सदस्य मनोनयन


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन आयोगमा ४ जना सदस्य मनोनयन गरेका छन्। मंगलबार भदौं ५० गते सभापति देउवाले ४ जना केन्द्रीय सदस्यलाई पार्टी अनुशासन समितिमा मनोनयन गरेका हुन्।

केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सञ्जयकुमार गौतम, राजीव कोइराला र ध्रुव वाग्लेलाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ ९७० बमोजिम मनोनयन गरेका हुन्। समितिको संयोजक केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्।

त्यस्तै, निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायधिवक्ता, केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य एवं अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।