राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थान



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन् ।

सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह साउदी अरबतर्फ प्रस्थान गरेका लिङदेन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी रहेका छन् ।

अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्ने र त्यहाँ रहँदा दुवै देशका नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया  कार्यक्रममा सहभागी हुने तथा राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्नेछन ।

‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भने । उनका अनुसार अध्यक्ष लिङदेन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्