विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ मंगलबार गरिने भएको छ ।

श्रेष्ठलाई सोमबारै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्