अधिकारकर्मी मीना शर्माको नेतृत्वमा सिजपको नयाँ कार्यसमिति निर्वाचित 



काठमाडौँ।

बालबालिका शान्ति क्षेत्र  राष्ट्रिय अभियान (सिजप)को २१ औ साधारण सभा एवं सातौँ महाधिवेशनले जेण्डर बिशेषज्ञ एवं बालअधिकार अभियन्ता मीना शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । महिला अधिकार बाल अधिकार , पिस एण्ड कन्फिल्टमा दुई दशक देखि क्रियाशील शर्मा  सिजपको निवर्तमान महासचिव हुन्  ।

कार्यसमितिको बाल अधिकार अभियन्ताहरू उपाध्यक्षमा सिद्धराज पनेरु र कमला पोखरेल, महासचिवमा  तिलोत्तम पौडेल, कोषाध्यक्षमा हेमराज जोशी निर्वाचित भएका छन्  । देशभरि नेटवर्क रहेको  सिजपको कार्यसमिति सदस्यहरुमा प्राची खतिवडा, शान्ता दाहाल, सिर्जना जिसी, केशव पौडेल, रुद्र भस्रान्ती, , बिमला रावल, राजु घिमिरे, मणिराम आचार्य र सम्झना मल्ल निर्वाचित हुनुभएको निर्वाचन संयोजक तारक धितालले जानकारी गराएका छन् ।

निर्वाचन समितिमा बालअधिकार अभियन्ता तारक धिताल, लालबहादुर ओली र सन्दीप वाल्मीकि थिए  । बालबालिकाको क्षेत्रमा काम गर्ने देश भरिका विभिन्न संस्थाहरु सदस्य रहेको नेटवर्क सिजपले राज्य र साझेदार संस्थाहरूसँग सहकार्य गरी बालबालिकाको अधिकार र उनीहरूको विकास एवं सबद्र्धनका लागि काम गर्देै आएको छ ।

नवनिर्वाचित अध्यक्ष मीना शर्माले  बालबालिकाको क्षेत्रमा विगतमा जसरी सिजपले काम गर्देै आएको थियो त्यसै गरी थप प्रभाबकारी काम गरिने प्रतिबद्धता व्यक्त गर्देै नवनिर्बाचित सिङ्गो कार्यसमिति, अग्रजहरु र सवैसँग समन्वय गरी सिजपको मुल उद्धेश्य पुरा गर्न आफूले  जिम्मेवार भूमिका निर्वाह गर्ने बताइन्।

निवर्तमान अध्यक्ष राजेश शर्माको नेतृत्वले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको स्थापना दिवसकै दिन पारेर साधारण सभा , महाधिवेशन सम्पन्न गरेको छ ।  स्थापना दिवसकै दिन महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न सिङ्गो कार्यसमिति र बाल अधिकार अभियन्ताहरुको महत्त्वपूर्ण सहयोग रहेकोमा निवर्तमान अध्यक्ष शर्माले आभार व्यक्त गरेकी छिन  ।

प्रतिक्रिया दिनुहोस्