प्रधानमन्त्रीसँगको फोन संवादमा ओलीले भने- सर्वदलीय बैठकमा आउँछु



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।

 प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको संवादपछि साँझ ७ बजेका लागि सर्वदलीय बैठक सारिएको छ । फोन संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्