बाल सुधार केन्द्रबाट एक सय बढी बालबालिका भागे



काठमाडौं ।

भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी बालबालिका भागेका छन् । सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेको हुन्।

विभिन्न अपराधमा संलग्न भएका १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ ।

भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकका अनुसार सय बढी भागेको अनुमान गरिएको छ । भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । खोजतलास अहिले पनि जारी छ।

आइतबार सुधार गृहमा एक किशोरको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गरेका थिए । कमल बस्नेतको सुधार गृह भित्रै मृत्यु भएपछि आफन्तले विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्