अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन



ललितपुर ।

अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन भएकी छिन् । ललितपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमशः मुना घिमिरे थापामगर, अञ्जु कुँवर र राधिका महर्जन चयन गरेको छ ।

कार्यसमितिको सदस्यहरुमा उर्वशी चौहान खड्का, मिरा विष्ट, रिता केसी, विद्या खड्का, रिता महत, सानु महर्जन, गंगा खड्का , नानु केसी र मालती महत चयन भएका छन् ।

कार्यक्रममा वागमती प्रदेश कमिटीका सदस्य एवं ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष दामोदर खड्का, वडा सदस्य रुकमणी महर्जन, वडा –१८का महिला तथा वालवालिका समितिका सल्लाहकार रेश्मा थापा लगायतले निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्