राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर नगर कमिटीको अध्यक्षमा कार्की निर्वाचित



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर पहिलो नगर कमिटीको सभापतिमा जयराम कार्की निर्वाचित भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी डा.सुरज केसीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन । केसीले ६७ मत प्राप्त गरेका थिए भने कार्कीले १ सय १५ मत पाएका थिए ।

नगर कमिटीको पदाधिकारी मध्य दुई पदमा मात्र निर्वाचन भएको थियो । सचिवमा सुमन थापालाई हराउँदै दीपु महर्जन विजयी भएका थिए । थापाले ७८ मत प्राप्त गरेका थिए भने विजयी भएका महर्जनले १ सय १ मत प्राप्त गरेका थिए ।

कमिटीको उपसभापतिमा पुजा महर्जन केसी, कोषाध्यक्षमा किशोर बास्कोटा निर्विरोध निर्वाचित भएका छन् । पहिलो नगर अधिवेशनले भुवन, महर्जन, भिममाया माली, अमर महर्जन र सर्मिला सुनार सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

नव निर्वाचित अध्यक्ष कार्कीले कमिटिका केही सदस्य थप गर्न बाकी रहेको बताए । नवनिर्वाचित अध्यक्ष कार्कीले आगामी स्थानीय , संघ र प्रदेशको निर्वाचनमा कीर्तिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित सुनिश्चित गर्न संगठन बिस्तार अभियानमा सिंगो कमिटी अघि बढ्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्