कोशी प्रदेशसभा बैठक बस्दै : मन्सुरीले मुख्यमन्त्रीलाई भोट हाले एमालेले प्रतिवाद गर्ने



विराटनगर ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक केहीबेरमा सुरु हुँदै छ। बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् । उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् ।

यसो हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन। त्यसैले गठबन्धनले मन्सुरीलाई पनि मतदान गराउने तयारी गरेका छन्।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले)ले प्रतिवाद गर्ने जनाएको छ ।
मन्सुरीले मतदान गरे प्रतिवाद गरिने एमालेका प्रमुख सचेतक रेवतिरमण भन्डारीले बताए। उनले जबरजस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

प्रदेशसभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बैठक बस्ने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्