प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा



/fli6«o ;+:s[lt ;+/If0f sf]ifsf] jflif{sf]T;jdf k|d b]pjf sf7df8f}F, # sflQs M k|wfgdGqL z]/axfb’/ b]pjf laxLaf/ nlntk’/sf] v’dn6f/df cfof]lht /fli6«o ;+:s[lt ;+/If0f sf]ifsf] $)cf}F jflif{sf]T;j ;+/Ifs ;+/If0f ;Ddfg ;df/f]xnfO{ ;Daf]wg ug{‘x’Fb} . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए ।

सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । उनले स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए।

सभापति देउवाले स्व.प्रदीप गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्