तस्करीको ६० किलो सुन शुद्ध र असली भएको पुष्टि



काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट बरामद भएको ६० किलो ७१६ ग्राम तस्करीको सुन शुद्ध र असली भएको पुष्टि भएको छ।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातुको गुणस्तर पहिचान गर्दा सुन नै भएको पुष्टि भएको हो।
स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन २९ साउनमा टक्सार विभागले गालेको थियो । त्यसपछि गुणस्तर जाँच गरिएको हो।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्दा ९९ दशमलव ९ प्रतिशत शुद्ध सुन भएको पुष्टि भएको छ ।

यस प्रकरणमा अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्