कालिगण्डकी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह



काठमाडौँ  ।

मुस्ताङको कालिगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाव बढेसँगै वारागुङ मुक्तिक्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको बताइएको छ। नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भीषण बाढी आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्