राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक



काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

 उनका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्। तर स्रोतले दिएको जानकारीअनुसार भने पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन्। यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए।

 राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्