काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु, बालिका गम्भीर घाइते



काठमाडौं ।

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी(३ की ३२ वर्षीया अनिता थापामगरको मृत्यु भएको हो । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अनिताकी ९ वर्षीया छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्