त्रिशुलीमा हामफाल्न लागेका एक व्यक्तिको जीवितै उद्धार



धादिङ।

त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका एक पुरुषको उद्धार गरिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका– ६ का ४५ वर्षीय कृष्ण परियारको सशस्त्र प्रहरीले सकु्शल उद्धार गरेको हो । शनिबार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका परियारलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

परियारले किन हामफाल्न खोजेका हुन् भन्ने खुल्न नसकेको प्रवक्ता थापाले बताए । अहिले उपचारको लागि परियारलाई मुग्लिन हाइवे अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्