नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ



काठमाडाैं ।

नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो। सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई राति चितवनबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरिरहेको भन्ने आधारमा सीआईबीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता पण्डितको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्