एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत



काठमाडौँ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन्।

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस प्रवक्ता समेत रहनुभएकाल अर्थमन्त्री महतले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको दाबी गरे।

उनले संसद भनेको समसामहिक विषयमा सहन रुपमा छलफल गर्ने, ऐन कानूनहरू बनाउने थलो भएपनि त्यस्तो बन्न एमालले नदिएको आरोप लगाए। सरकारले संघीयताको मर्म अनुसार ऐन कानूनहरू बनाउने संसदमा विधेयक प्रश्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद अवरुद्ध गर्दा नसकिएको पनि बताए।

‘संसद भनेको जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुले समसामहिक विषयमा गहन रुपमा छलफल गर्ने थलो हो। ऐन, कानूनहरू बनाउने थलो हो। कतिपय ऐनहरू सरकारले संघीय संरचना अनुसार परिमार्जित गर्नुपर्ने छ। संघीय व्यवस्थालाई बलियो बनाउँछौं,’ अर्थमन्त्री महतले भने, ‘धेरै कानूनी विधेयकहरू संसदमा प्रस्ताव तयारीमा सरकार लागेको छ। तर प्रतिपक्ष एमालेले संसदमा छलफल गर्न दिएन। हरेक पटक केही न केही बहानामा संसदलाई बन्दी बनाइराखियो भने यी कुराहरु अगाडि बढ्दैनन्।’

अर्थमन्त्री महतले संघीयता, संघीय कानून, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेको बताउँदै सरकारप्रति असहमति रहेका विषयमा संसदभित्रै छलफल गरेर निस्कर्षमा पुग्नुपर्ने बताए।

उनले सहज रुपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार भएको भन्दै सांसदहरूले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रुपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने बताए। उनले सरकारमा नहुने बित्तिकै संसदलाई असहज बनाउने मानसिकता राख्न नहुने बताए। उनले नेपाली कांग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद अवरुद्ध गर्ने काम नगरेको बताए।

‘नेपाली कांग्रेस जब विपक्षमा थियो। कहिल्यै पनि अनावश्यक रुपमा संसदलाई अवरुद्ध गर्ने काम गरेनौं। जे कुरा हो संसदभित्रै राख्ने हो। संसदभित्रै वहस गरेर निस्कर्ष निकाल्ने हो। नेकपा एमालेलाई के आग्रह गर्न चाहन्छौं भने सहज रुपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार हो,’ उनले भने, ‘सांसदहरूले जसलाई बहुमतले सरकार बनाउँछ त्यसलाई सहज रुपमा स्वीकार गर्नुपर्छ। सरकारमा नहुने बितिकै त्यसलाई असहज बनाउने र सरकार भन्दा बाहिर बस्न सकिँदैन भन्ने मानसिकता राम्रो भएन।’

अर्थमन्त्री महतले आर्थिक श्रोतहरु पर्याप्त जुट्न नसकेकाले मधेस सहितका लक्षित भुगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको पनि बताए। उनले सरकारले मधेस प्रदेशलाई बजेट विनियोजनमा विभेद नगरिएको बताउनु भयो। उहाँले आगामी दिनमा देशको आर्थिक र राजश्व वृद्धि हुने अपेक्षा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्