घट्यो गोलभेडाको मूल्य, प्रतिकेजी कति पुग्याे ?



काठमाडौं ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठुलो १३०, टनेल गोलभेडा सानो ७५,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४२,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ५८,लौका ६०,हरियो फर्सी ८०,घिरौला ३५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल २०, गाजर ११०, मूला सेतो हाइब्रीड ६०,सेतो रातो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ७०, टाटे सिमी ७०,तितो करेला ५०,ब्रोकाउली १००, कागती १२० रुपैयाँ, भिण्डी रू ९०,पिंडालू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ६०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १२०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी ५०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २२०, चाइनिज लसुन २५०,लसुन हरियो १८०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ५० , फूजी स्याउ ३५०,अम्बा ३००,जुनार ३२०,तोफु ११०,तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्