आठाैँ विद्यार्थी संगठनद्वारा माइतीघर मण्डलमा प्रदर्शन



काठमाडौं ।

अखिल (क्रान्तिकारी)सहित ८ वटा विद्यार्थी संगठन (संयुक्त विद्यार्थी आन्दोलन)ले शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्न माग गर्दै आन्दोलन गरेका छन्।

शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्ने गरी शिक्षा ऐन जारी गर्न, साथै विश्वविद्यालयलगायत समग्र शैक्षिक क्षेत्रका समस्याको दीर्घकालीन समाधान गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

  आन्दोलनमा विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य गरु, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गरु, लगायत नाराका प्लाकार्ड बोकेर माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्