मिनिट्रकले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु



काभ्रे ।

मिनिट्रकले माेटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।

मिरा बेलचोकस्थित बुधबार दिउँसो ३:५०मा अरनिको राजमार्गमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा२क२०१९ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आउँदै गरेको रा७प ७२८८ नम्बरको मोटरसाइलाई ठक्कर दिदाँ मोटरसाइकल चालक प्युठान धर्मवती गाउँपालिका- ७ बस्ने २७ वर्षीय सुरज गिरी घाईते भएका थिए ।

घाइते उनलाई उपचारको लागी धुलिखेल अस्पताल लगिएकाे थियाे ।डाक्टरले उनलाई मृत घोषणा गरिदिएका छन् । माेटरसाइकल, मिनिट्रकसहित चालकलाई प्रहरीले  नियन्त्रणमा लिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्