गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर रङगेहात पक्राउ


सप्तरी ।

सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापालसहित दुई जनालाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुससहित पक्राउ परेको हो ।

लेखापाल यादव विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालत गरी दुवै कार्यालयका लेखापाल हुन् । इटहरीस्थित अख्तियारका प्रवक्ता निरज देवले लेखापाल र कम्प्युटर अपरेटर पक्राउ परेको जनाए । उनका अनुसार उपभोक्ता समितिबाट २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा दुवैजना समातिएका हुन् । घटनास्थलको मुचुल्का गरी पक्राउ परेकाहरुमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रवक्ता देवले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।