राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको स्रोतले बताएको छ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्