स्वास्थ्य मन्त्री बस्नेत भारतको गुजरात प्रस्थान



काठमाडौँ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य सम्बन्धी ३ वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन मंगलबार साझ भारतको गुजरात प्रस्थान गरेका छन् । विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने क्षयरोग सम्बन्धी दक्षिणपूर्वि एशियाली देशहरुसमेत सहभागी हुने उक्त सम्मेलन गुजरातमा बुधबार र बिहीबार हुने छ ।

त्यसैगरि बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल सम्मेलनमा पनि मन्त्री बस्नेत सहभागी हुने छन् । सोही अवसरमा मन्त्री बस्नेतले गुजरातको गान्धीनगरमा आयोजना गरिने औषधी र प्रविधिको अवलोकन गर्ने छन् ।

शुक्रबारदेखि आईतबारसम्म चल्ने वन अर्थ, वान हेल्थ समिटमा पनि मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्टिय विमान स्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्मेलनहरुमा विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र जनस्वास्थ्य विज्ञहरुसँगको छलफल र अनुभव आदान प्रदानबाट नेपालको स्वास्थ्य क्षेत्रलाई फाइदा हुने बताए ।

मन्त्री बस्नेतको टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रसहित मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्