बरामद सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम कायम भएको छ।

मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको हो। नेपाल राष्ट्र बैकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो।

मंगलबार बिहान साढे १० बजेबाट सुन गालिएको थियो। छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्