ट्रकमा मोटरसाईकल ठाेक्किँदा एक जनाको मृत्यु



काभ्रे ।

ट्रकमा माेटरसाइकल ठाेक्किँदा एक युवककाे मृत्यु भएकाे छ  । मंगलबार अरनिको राजमार्गस्थित बनेपा १३ भैसेपाटीमा बनेपाबाट काठमाडौ‌ंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ट्रकम ठाक्किएकाे हाे ।

विपरित दिशा बाट आउँदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकमा मोटरसाईकल ठाेक्किँदा धुलिखेल नगरपालिका ८ घर भएका २१ वर्षीय अभिषेक न्यौपाने को मृत्यु भएकाे हाे ।

मृतकको शव धुलिखेल अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्