केशव स्थापितले लिए एमालेबाट बिदा, अब सक्रिय राजनीति नगर्ने



काठमाडौं ।

एमाले नेता केशव स्थापित पार्टीको केन्द्रीय कमिटीबाट बिदा लिएका  छन्। एमालेले स्थापित र सिरहाका प्रमोद यादवलाई केन्द्रीय सदस्यबाट बिदा गरेको हो ।

उनीहरू आफैँले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउन नेतृत्वलाई आग्रह गरेकाले एमाले केन्द्रीय कमिटीबाट बिदा गरिएको स्रोतको दाबी छ। सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको बताइएको छ।

केशव स्थापितले आफूले ‘केही नयाँ’ गर्न खोजेको भन्दै, ‘यो पाँच-सात वर्षदेखि मैले केही नयाँ कुरा गर्दैछु, केही नयाँ प्रयोगहरु गर्दैछु ।’ र यस करण राजनीतिबाट विदा लिएकाे उनले बताएका छन् । अब सक्रिय राजनीति नगर्ने उनले दावी गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्