नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरु सबै सिटिजन्स बैंकका कर्मचारी


काठमाडौं ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरू सबै सिटिजन्स बैंकका कर्मचारी रहेको खुलेको छ ।
उनीहरू सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् ।

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ ।
पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।