बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार



काठमाडौं ।

कामाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको प्रहरीले उद्धार गरेको छ ।

शनिबार दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौंको कलङ्की बस्ने ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँ बस्ने रिदम अधिकारी रहेका छन् ।

उक्त सूचना प्राप्त भएपछि कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उद्धार गरेको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्