माही समूह नेपालद्वारा नि:शुल्क जुस र पानी वितरण



काठमाडाैं । 

माही समूह नेपालले मत्स्यनारायाण मेलामा अवलोकन तथा घुम्न आएका सहभागीहरुलाई जुस तथा पानी नि:शुल्क वितरण गरेको छ ।

कीर्तिपुर नजीकै रहेको मच्छेगाउँमा प्रत्येक पुरुषोत्तममास वा मलमासमा प्रत्येक तीन वर्षमा एक पटक एक महिना लामो मेला लाग्ने गर्छ उक्त मेला माही समूह नेपालले शनिबार जुस तथा पानी नि:शुल्क वितरण गरेको हाे ।

केही युवाहरु मिलेर खोलिएको यस समूहले समाजसेवी कार्यलाई अग्र स्थानमा राख्ने र यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आइरहेकाे यस समूहका उपाध्यक्ष कैलाश रावलले जानकारी दिए ।

कार्यक्रममा युवाहरु आफैं खटेर मत्स्यनारायाण मेलामा अवलोकन सहभागीलाई जुस र पानी वितरण गरिएको थियो । जुस पानी पिउनेहरुले कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिएका थिए, साथै यस समूहलाई धन्यवादसमेत ज्ञापन गरेका थिए । कार्यक्रमका लागि आवश्यक सामाग्री समितिका सदस्य रमेश शाहीले व्यवस्थापन गरेका थिए  ।

यस्ता मेला तथा सामाजिक कार्यक्रममा यस्ता सामाजिक तथा समाजसेवी कार्यले महत्वपूर्ण भूमिका खेल्ने र घुम्न आउनेलाई सहजता प्रदान हुने सहभागीले बताएका थिए ।

माही समुहले गरेको कार्यक्रमलाई सफल बनाउन स्थानीयले पनि राम्रो साथ दिएको उपाध्यक्ष रावलले बताए ।त्यस्तै समूहका अध्यक्ष सरिता खत्रीले यस कार्यबाट समाजमा समाजसेवाको भाव बढ्ने बताउँदै कार्यक्रमले राम्रो प्रतिक्र या पाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्