माधव नेपाल सोमबार स्वदेश फर्किने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर भोलि (सोमबार) नेपाल फर्किने भएका छन् ।

अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्किन लागेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल साउन १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो ।

तर, ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले अध्यक्ष नेपाललाई पार्टी नेताहरूले नै भ्रमण छोट्टाएर फर्कन सुझाव दिएका थिए ।

अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्कने अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्