एमालेले विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा (एमाले)ले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकानरी दिए ।

प्रतिक्रिया दिनुहोस्